२ कार्तिक २०८३, सोमबार

बढ्ने भयो मोटरसाइकल र गाडीको मूल्य, यस्तो छ नयाँ कर

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ जेठ । अब गाडी तथा मोटरसाइकलको मूल्य बढ्ने देखिएको छ । संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र १ सय ५० सिसी भन्दा धेरै इन्जिन क्षमताको दुई पांग्रे सवारीसाधनमा अन्तशुल्क बढाइने बताएका हुन् ।

उनको यो भनाईसँगै आगामी आर्थिक वर्षदेखि भित्रिने ति सवारी साधनको मूल्य महँगो पर्न जाने छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री खतिवडाले पटक–पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।

उनले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई आधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए । उनले खुला आयात नीतिको फाइदा उठाएर अनावश्यक रुपमा हुने आयात नियन्त्रण गर्ने संकेत गरेका थिए ।