५ कार्तिक २०८३, बिहिबार

साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ जेठ । साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरिएको छ । यसैगरी बाली लगाउनुअघि नै कृषि उपजको मूल्य तोकिने ब्यबस्था गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गरेको आव २०७५/०७६ को बजेट अनुसार जुट, गलैँचा, जुत्ता, हस्ताकला जस्ता निर्यातजन्य उपजका लागि प्रोत्साहन प्रवर्द्धन गर्ने ब्यबस्था गरिएको छ ।

यसैगरी कृषकले मोबालइबाट कृषिको वारेमा जानकारी पाउने बजेटमा ब्यबस्था गरिएको छ । महिलाले संचालन गर्ने सामूहिक परियोजनामा ६ प्रतिशत ब्याजमा १५ लाखसम्मको अनुदान दिने ब्यबस्था गरिएको छ ।

स्थानीय तहको समहभागितामा जडीबुटी प्रसोधनको लागि बजेट छुट्टाइने ब्यबस्था गरिएको छ । साथै प्रत्येक वडामा कृषि ज्ञान केन्द्र स्थापना गरिने ब्यबस्था छ । बजेटले कृषि वीमामा ७५ प्रतिशत अनुदानको निरन्तरता दिएको छ ।