८ कार्तिक २०८३, आइतबार

संविधान निमार्णमा दलहरु जिम्मेवार नभए मुलुकलाई खतराः झाँक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramkumari-Jhakriअनिल खत्री
गुल्मी, १८ पुस । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ भित्रै संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।

नेकपा एमाले गुल्मीको कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो  ।

मदन–आश्रित स्मृती भवन तम्घासमा सम्पन्न कार्यक्रममा झाँक्रीले निर्धारित समयमा संविधान जारी गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा पनि जोड दिनुभयो ।

‘सबै राजनीतिक दलहरुबीच सहमति भएका विषयलाई सम्यौदा गर्ने र सहमति नभएका विषयलाई विस्तारै हल गर्दै जानुपर्छ,’उहाँले भन्नुभयो, ‘तर अहिले दलहरु आ–आफ्नै अडानमा कायम रहेकाले संविधान जारी नहुने खतरा बढेर गएको छ ।’

उहाँले समयमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले नेकपा एमालेले देशव्यापीरुपमा कार्यकर्ता भेला तथा सभाहरु आयोजना गरेको पनि बताउनुभयो ।

‘ऐतिहासिक जनआन्दोलनबाट प्राप्त जनाधिकार संस्थागत गर्न र उग्रवामपन्थी तथा दक्षिणपन्थी शक्तिबाट हुन सक्ने राजनीतिक खतरा टार्न पनि माघ ८ मै संविधान जारी गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘यसका लागि शीर्ष नेताहरु जिम्मेबार हुन आवश्यक छ ।’

कार्यक्रममा अञ्चल संमन्वय कमिटीका सदस्य कोशल पोखरेल लगायतका बक्ताहरुले आफनो भनाई राख्नुभएको थियो ।