४ कार्तिक २०८३, बुधबार

अर्काकी पत्नी ताक्ने यी चर्चित अभिनेताले पत्नीलाई छाडे !

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपालले आफ्नी श्रीमती मेहर जेसियासँग २० वर्ष पुरानो वैवाहिक सम्बन्धमा ब्रेक लगाउने निर्णय गरेका छन् । दुबैबीच निकै लामो समयदेखि खटपट चलिरहेको थियो । रामपाल र मेहर छुट्टा–छुट्टै बस्दै आएका थिए ।

ऋतिक रोशन र उनकी पूर्व श्रीमती सुजैन खानको सम्बन्धविच्छेदपछि नै अर्जुनको वैवाहिक सम्बन्धमा खटपटको समाचार आउन थालेका थिए । अब यी दुईले सहमतीमा नै सम्बन्ध तोड्न लागेको जानकारी दिएका छन् ।

अर्जुन रामपाल र मेहेर जेसियाबीच सन् १९९८ मा विवाह भएको थियो । उनीहरूका माहिका र माइरा नामका दुई छोरी छन् ।

अर्जुन रामपाल र उनकी श्रीमती मेहरले आफ्नो सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन् । दुबैले आपसी सहमतिमा भिन्न बाटो रोज्ने निर्णय गरेका हुन् ।

अर्जुन र मेहरले आफ्नो सम्बन्धलाई दोस्रो मौका दिन पूरा कोसिस गरे । सम्बन्ध समाप्त नहोस् भन्नका लागि दुबै आफ्ना छोरीहरूसँग विभिन्न भ्रमणमा गएका थिए । तर सम्बन्धमा सुधार भएन ।

‘२० वर्षको यो सुन्दर यात्रालाई समाप्त गर्ने समय आएको छ । प्रत्येक यात्राको बेग्लाबेग्लै लक्ष्य हुन्छ त्यसकारण हामीले अलग्गिने निर्णय गरेका छौं’, उनीहरूले भनेका छन्, ‘नयाँ यात्रा थालेपछि पनि हामी दुबै राम्रो साथी हुनेछौं र आवश्यक परे एक अर्कालाई साथसमेत दिनेछौं ।’

‘हामी दुबै छोरीहरू माहिका र माइराका लागि सधैं हुनेछौं । हामीलाई यो घडीमा सहयोग गर्ने सबैलाई धन्यवाद । सम्बन्ध टुङ्गिन सक्छ तर माया सधैं जीवित रहन्छ । हामीले यसबारे थप प्रतिक्रिया दिनेछैनौं’, विज्ञप्तिमा भनिएको छ ।

अर्जुन रामपालको नाम ऋतिक रोशनकी श्रीमतीसँग निकै जोडिएको थियो, दुबैको अफेयरको खबर पनि सार्वजनिक भएको थियो ।

वास्तवमा ऋतिक र अर्जुन कुनैबेला फ्यामिली फ्रेन्ड थिए । सुजैन खान र मेहर जेसियालाई पनि धेरैजसो पार्टीमा सँगै देखिन्थ्यो । यद्यपि, चार वर्ष अघि ऋतिक सुजैनको सम्बन्धविच्छेद हुनुमा अर्जुन रामपाललाई दोष दिइयो ।

अर्जुन र सुजैनको अफेयरका कारण एक पार्टीमा मेहर र सुजैनबीच झगडासमेत भएको खबर सार्वजनिक भएको थियो । एजेन्सी