२१ कार्तिक २०८३, शनिबार

अबैध सामान भन्सार बुझाइयो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सप्तरी, १४ जेठ । सप्तरी स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले अबैध सामान पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ ।

कार्यालयका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाका अनुसार भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउंदै गरेको भारतिय मोटरसाइकल सहितको विभिन्न किराना सामान तथा नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको मदिरा सहितको टायर गाढा इलाका प्रहरी कार्यालय समेतको सहयोगमा पक्राउ गरि राजबिराज भन्सार कार्यालयमा बुझाइएको हो ।

भारतिय राज्य बिहारमा मदिरा प्रतिबन्ध भए पछि नेपालबाट लुकि चोरी लैजाने तथा भारतबाट अबैध सामान ल्याउने कार्य रोक्नको लागि तिब्र रुपमा कारवाही प्रक्रिया अगाडी बढाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

भन्सार बुझाइएको सामानको मूल्य १ लाख १७ हजार २ सय कायम भएको छ, हाल सम्म करिब २४ लाख रुपैयाँ बराबरको अबैध माल सामान तथा २ जना व्यक्ति समेत पक्राउ गरेर भन्सार बुझाइएको समेत उनले बताए ।