२१ कार्तिक २०८३, शनिबार

डोल्पाका कर्मचारीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-रुपलाल बोहोरा

डोल्पा, १४ जेठ । अधिकार कटौती गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठन डोल्पाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

लामो समयदेखि नियम र प्रक्रिया संगतरुपमा चलिरहको नेपाल निजामति कर्मचारीहरुको पछिल्लो अधिकारहरु खोसेर कुठाराघात गरेको भन्दै नेपाल निजामति कर्मचारी संगठन डोल्पाका सचिब शोभाकार ज्ञवालीको नेतृत्वको अन्य पदाधिकारीहरुले सोमबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

बदलिदो समय संगै राज्यले कर्मचारीमाथि गर्ने र हेर्ने दृष्टीकोण फरक भएको भन्दै सरकारले संघीय निजामती सेवा ऐन निर्माणको लागि तयार पारेको विधेयकको मस्यौदा २०७४ को दफा ११९ प्रति संगठनको गम्भीर ध्यान आकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।