२ कार्तिक २०८३, सोमबार

गणतन्त्र दिवसमा टेलिकमको अफरै अफर, मिस्ड कल एलर्ट पुनःसञ्चालन

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ जेठ । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले उक्त सेवा भोलि मंगलबारदेखि पुनः सञ्चालनमा ल्याउने विज्ञप्तीमार्फत जनाएको छ ।

जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छन् । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।

सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले sub mca लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गर्नुपर्ने हुन्छ । नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागिे निःशुल्क उपलब्ध हुनेछ भने त्यसपछि मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।

यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर पनि ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्कभित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्नेछन् ।

त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । एसएमएस प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक र एसएमएस प्याक सोमबारदेखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिन्छ । प्याकेज खरिद गर्नका लागि *1415*8# डायल गर्न सकिने प्रवक्ता वैद्यले जानकारी दिइन् ।