२ कार्तिक २०८३, सोमबार

विपद् जोखिमन्यूनीकरण परियोजनाको लागि रेडक्रस र सामसुङको सहकार्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धरान, १४ जेठ । विपद् पूर्वतयारी र समुदाय उत्थानशिलता बढाउन नेपाल रेडक्रस सोसाईटी (नेरेसो), रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपद् जोखि मन्यूनिकरण (सिविडिआरआर) कोशी वेशिन परियोजना सुरु गरिएको छ ।

रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा सञ्चालित कार्यक्रम माउदयपुर, सुनसरी र सप्तरी जिल्लाका चार गाउँ तथा नगरपालिकामा छ करोड नेपाली रुपैँयाको लागतमा सो परियोजना सञ्चालन हुनेछ । यसको लागि कोरियन रेडक्रसले कम्युनिटी चेष्ट अफ कोरिया मार्फत कोरियन कम्पनी सामसुङसँग आर्थिक साझेदारी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र कोरियन प्रतिनिधिहरुले कोशी वेसिन परियोजनाको विवरण सहितको ताम्रपत्र सार्वजनिक गरी परियोजनाको औपचारिक सुरुवात गरे ।

रेडक्रसको सुनसरी शाखा धरानमा आयोजित सिविडिआरआरको औपचारिक उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाईटीका उपमहामन्त्री हरि न्यौपाने, नेपाल स्थित रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रमुख जुजाकिम नेपाल स्थित कोरियन रेडक्रसकी प्रतिनिधि सुन हि किम र सामसुङ नेपालका व्यवस्थापकिय निर्देशक यूविओम ओनका साथै नेपाल सरकार, लक्षित क्षेत्रका सम्वन्धित नगरपालिका र स्थानीय ईकाईहरुका प्रतिनिधिहरु र रेडक्रसका प्रतिनिधिहरु सामेल थिए ।

उक्त समारोहमा बोल्दै रेडक्रस अध्यक्ष थापाले समुदाय, स्थानीय सरकार र रेडक्रसलाई एकै ठाँउमा ल्याउँदै विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा सामूहिक पहल गर्न यो परियोजनाले अवसर जुटाएको बताए ।

परियोजनाले उदयपुरको वेलका नगरपालिका वडा नं १ र २, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिको वडा नं १४ र तिलाथीकोइलाडी गाँउपालिकाको वडा नं ५ तथा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० क्षेत्रलाई समेटेको छ ।

२ वर्षे समुदाय केन्द्रीत परियोजनाबाट सो क्षेत्रका ७ हजार ५०० घरपरिवारका ३६हजार ५०० भन्दा वढी प्रत्यक्ष लाभान्वित रहने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराजपौडेलले जानकारी दिए ।