काठमाडौँ, १८ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाका कार्यकर्ता र असन्तुष्ट समुहबीच शुक्रबार झडप हुँदा खुल्ला मञ्च वरीपरीको वातावरण केही समय तनावग्रस्त बनेको छ ।
कमल थापा समुहले खुला मञ्चमा कार्यक्रमको तयारी गरिरहेका बेला पद्मसुन्दर लावती समुहले कालो झण्डा देखाएर विरोध गरेपछि त्यहाँ केही बेर तनाव भएको हो ।
उपत्यका बाहिर पनि असन्तुष्ट समुहले कालो झण्डा देखाउने र अध्यक्ष थापाको पुत्ला दहन गरेर राप्रपा नेपालले गरेको रथयात्रा विथोल्ने प्रयास गर्दै आएको थियो ।
शुक्रबार राप्रपा नेपालले निर्धारित कार्यक्रम अनुसार खुलामञ्चमा रथयात्रको समापनसँगै भव्य आमसभाको तयारी गरेको थियो ।
उक्त सभालाई विथोल्न लावती समुहले कालो झण्डा देखाएपछि दुवैपक्षबाट ढुंगा र इटा हानाहान भएको हो । पछि व्यापक रुपमा परिचालन गरिएका सुरक्षाकर्मीले स्थितिलाई सामान्य बनाए । लावती समुहले हिन्दु धर्मको नाममा कमल थापाले व्यापार गरेकोले आरोप लगाउँदै आएको छ ।















प्रतिक्रिया