१ कार्तिक २०८३, आइतबार

डोल्पामा शुक्रबार बिहानैदेखि हिमपात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, १८ पुस । त्रिपुराकोट डोल्पामा बिहीबार रातिदेखि बिहानैसम्म लगातार पानी परेपनि शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ ।

सदरमुकाम दुनै, त्रिपुराकोट, लिकु, पहाडा, काईगँउ, छार्का, तिन्जे, फोक्सुन्दो, धोलगायतका सबैजसो गाविसमा भारी हिमपात भएको छ । हिमपातले गर्दा डोल्पाको एकमात्र विमानस्थल जुफाल विमानस्थल अवरुद्ध भएको छ भने नमस्ते, स्काइ, हेलोलगायतका सञ्चार सेवा पनि ठप्प भएको छ ।

हिमपातले गर्दा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कामकाज समेत प्रभावित भएको छ । भारी हिमपातले गर्दा हिउँ जमेपछि प्रभावित क्षेत्रको जनजीवन एकदमै कष्टकर बनेको छ भने गाई बस्तु गोठमै रहेको सर्वसाधारणले बताएका छन् ।

बाग्लो बादल आकाशमा रहेकाले अझै हिमपात हुने सम्भावना देखिएको छ ।