विराटनगर, १८ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाले निर्धारित समयमै संविधान जारी गर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले संविधान तयारी अवस्थामा रहेको र केही विषयमा रहेका मतभिन्नतालाई सहमतिबाट समाधान खोजिने स्पष्ट गर्नुभयो । त्यसो नभए माघ ८ गते नै संविधान जारी गर्न प्रक्रियामा लगिने उहाँले बताउनुभयो ।
आफूहरु बितन्डा मच्चाउने पक्षमा नरहेको उल्लेख गर्दै नेता खनालले बन्द, हडताल र १० वर्षको द्वन्द्व मुलुकले झेलिसकेकाले अब त्यस्ता गतिविधिबाट कोही पनि नतर्सने बताउनुभयो ।
संविधान निर्माण हुनुअगावै वा संविधान जारी भएपछि सरकार परिवर्तन हुने संभावनाबारे पत्रकारले राखेको जिज्ञासामा उहाँले यतिखेर सिङ्गो राष्ट्रको ध्यान मात्र संविधान निर्माणतर्फ केन्द्रित रहेको बताउनुभयो ।















प्रतिक्रिया