२१ कार्तिक २०८३, शनिबार

एमाले–माओवादी एकताप्रति नेकपा (माओवादी) को गम्भिर ध्यानाकार्षण

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमान्डौं, १३ जेठ । नेपाल कम्युष्टि पार्टी (माओवादी) ले तत्कालीन माओवादी केन्द्रका प्रचण्ड समूह र नेकपा एमालेबीच भएको पार्टी एकताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आईतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी) ले दुई पार्टीबीचको एकताप्रति गम्भिर ध्यानाकार्षण गराएको हो ।

‘एकता आफैमा गलत हैन, पार्टी एकता कुनै निश्चित सिद्धान्त र विधिको आधारमा हुने गर्छ तर यो एकताको प्रवृत्ति हेर्दा सममन्तवादी, अलोकतान्त्रिक, अति नोकरशाही, निरकुंश तथा एकाधिकार चरित्रको भएको स्पष्ट छ’–पार्टीका संयोजक विमल अधिकारीले भने ।

अनेकौँ जालझेल र षड्यन्त्रबाट गरिएको एकताले निकट भविष्यमा माओवादीहरुको आत्मसमर्पण बाहेक अरु केही हुने नदेखिएको उनले बताए । ‘यो एकताम ाकहीँकतै मार्क्सवाद र जनवादको प्रयोग भएको देखिँदैन । त्यसैले यो एकतालाई हामीले दक्षिणपन्थि र आत्मासमर्पणवाद भन्दै आएका छौं’–अधिकारीले थपे ।