२ कार्तिक २०८३, सोमबार

कतार एयरवेजका कर्पोरेट प्रमुखसहितको उपस्थितिमा इफ्तार मनाइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ जेठ । रमादानको महिनाको उत्सवमा, कतार एयरवेज नेपालले नेपाल सरकार, नेपाल हज समितिका सदस्य एवं विभिन्न धर्म तथा दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा इफ्तार रात्रिभोजको आयोजना गरेको छ ।

इफ्तार रमादानको दैनिक उपवासको अन्तका लागि मुस्लिम समुदायद्वारा गरिने एक पारम्परिक भोजन हो ।

धर्मनिरपेक्ष नेपाललाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रम विभिन्न धर्मका विशिष्ट व्यक्तित्वहरुसँग मनाइएको थियो ।

कतार एयरवेजले नेपाललाई विश्वका १५० गन्तव्यहरुसँग जोड्ने क्रममा हाल नेपाली यात्रुहरुलाई काठमाडौँदेखि दोहासम्मको ४ दैनिक उडान सेवा प्रदान गर्दै आएको छ ।

कतार एयरवेज, कतार राज्यको राष्ट्रिय वाहकले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ ।

एयरलाइनले २०१८ मा थेस्सालोनिकी, ग्रीस र कार्डिफ, बेलायत सहित अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउने योजना बनाएको छ ।