२ कार्तिक २०८३, सोमबार

बुद्ध एयरले वाराणसीमा साताको दुई उडान भर्ने, यस्ता छन् सुविधा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ जेठ । नेपालको अग्रणी विमानसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहसिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५ गतदेखि साताको दुई उडान भर्ने भएको छ ।

काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गरि कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले दुई पौराणीक नगरी काठमाण्डौ र वाराणसीलाई नेपालको बुद्ध एयरले मात्रै हवाई उडानबाट जोडेको बताए । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।

बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने छ । निर्देशक बस्नेतले नेपालगञ्ज तथा भारतको नयाँदिल्ली उडानबारे पनि संक्षिप्त चर्चा गरेका थिए । यसका लागि कम्पनीले यही साताभित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने छ ।

बुद्ध एयरका रिसर्च तथा डेभलपमेण्ट विभागकी आस्था बस्नेतले कम्पनीको वेवपोर्टल तथा प्याकेजहरुबारे चर्चा गरेकी थिइन् । नयाँ बन्न लागेको वेवपोर्टल युजर फ्रेण्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तिर्थस्थलहरुबारे सजिलै जानकारी पाउने बताइन् । वेवपोर्टलमा नेपालका रमणीय स्थलहरुसम्बन्धी मल्टिमिडिया तथा फोटो फिचरहरु हुनेछन् ।

आरएण्डीकी एक्जुकेटिभ अफिसर बस्नेतले बुद्ध एयरको होलिडे प्याकेजहरुबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालाहरुलाई उत्तिकै फाईदा हुने प्रष्ट पारिन् । प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टुर गाईड लगायत अन्य सबैलाई फाईदा हुनेछ ।

बुद्ध एयरले केही साता अगाडी मात्रै ‘पशुपतिनाथ दर्शन’ र ‘विविध वाराणसी’ यात्राबारे भिडियोहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो । भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पलस एण्ड टाईगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेजहरु पनि छन् ।

यसैगरि नेपाली यात्रुहरुको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्या लक्षित प्याकेजहरु पनि रहेको उनले बताइन् ।