
काठमाडौँ, १३ जेठ । चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा परेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत परियारले आफू मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिएका छन् ।
परियारका अनुसार सर्भिस सेन्टरमा छाडेको आफ्नो कार हेर्न जाने क्रममा सामाखुसी–बसुन्धारा सडक खण्डमा उनी सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा परेका गायक परियारको दाहिने खुट्टामा गम्भीर चोट लागेको र अहिले उनको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ ।
परियारसँगै दुर्घटनामा परेका अर्का गायक कर्णराज गिरी भने सामान्य उपचारपछि घर फर्किदैछन् ।
गायक परियारले आफू खतरामुक्त रहेको जानकारी दिँदै आफ्नो स्वास्थ लाभको कामना गर्ने सबैमा धन्यवाद दिएका छन् ।
https://www.facebook.com/shiva.pariyar.5/posts/2203135589704260















प्रतिक्रिया