
काठमाडौँ, १३ जेठ । पोर्न स्टार बन्ने भन्दै चर्चामा रहेकी रात्री व्यवसाय सञ्चालक तथा कलाकार अर्चना पनेरुको पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई जेल चलान गरिएको छ ।
काठमाडौँ जिल्ला आदलतको आदेशले बालयौन दुरचारको अभियोगमा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो ।
त्यस्तै, दुई बालकलाई समेत उद्दार गरिएको थियो । प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन् । रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए ।
केही समय अघि अर्चनाले प्राइससँग विहे भएको भनेर फोटो सार्वजनिक गरेकी थिइन् । तर, उनको विहे साँच्चिकै नभएर अमेरिका प्रवेशका लागि भएको रहस्य खुलेको थियो ।















प्रतिक्रिया