२ कार्तिक २०८३, सोमबार

वर्ल्डलिंकले ल्यायो वर्ल्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ जेठ । विश्वकप फुटबल २०१८ नजिकिएका बेला वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निःशुल्क नेट टिभी पाउने ‘बिस तिस पच्चास वर्ल्डलिंक झक्कास’, नामक प्याकेज योजना ल्याएको छ ।

यस्तो प्याकेज किन्ने फुटबल प्रेमीले १२ महिनासम्म निःशुल्क नेट टिभी पाउन सक्नेछन् । नेट टिभीबाट ग्राहकहरुले फूल एचडी च्यानलबाट वर्ल्ड कप खेल हेरेर आनन्द लिन सक्ने छन् ।

वर्ल्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेट टिभी निशुल्क पाउन सकिन्छ ।

एकबर्षको प्याकेज खरिद गर्दा रु.५०० डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

पहिल्यै वर्ल्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेट टिभीको अबसरको रुपमा रहेको छ । यस्तै नेट टिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३५० रुपैयाँ, ६ महिनाको १००० रुपैयाँ र एक बर्षको ३४०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

वर्ल्डलिंकक नेपालमा दु्रत गतिको इन्टरनेट, आइपी टिभी (नेटटिभी) र डाटा सेवा प्रदायक संस्था हो । यसले मुलुकका ६५ भन्दा बढी जिल्लामा २ लाखभन्दा बढी सन्तुष्ट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।