२ कार्तिक २०८३, सोमबार

चितवनको भण्डारामा जनता बैंकको शाखा सञ्चालन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको हो ।

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर गर्ने ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।

यस सँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६पुगेको छ । यससँगै बैंकले ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।