मोरङ, १८ पुस । शौचालय सफा गर्ने हरपिक नामको झोल साबुन सेवन गर्दा एक महिलाको मृत्यु भएको छ ।
विराटनगर उपमहानगरपालिका–१६ की ४५ वर्षीया महरादेवी देवले आवेशमा आई बिहीबार शौचालय सफा गर्ने हरपिक नामको झोल साबुन सेवन गर्दा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको हो ।
शौचालय सफा गर्ने साबुन सेवन गरेर घाइते भएकी महरादेवीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस















प्रतिक्रिया