काठमाडौँ, १८ पुस । नेपाली काँग्रेसको पदाधिकारी बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नयाँ संविधानको मस्यौदा बनाउने जिम्मा दिनु पर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकले कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले मस्यौदा निर्माणको जिम्मा आफूलाई दिन गरेको आग्रहलाई स्वागतयोग्य भनेको छ ।
नेकपा एमालेले बिहीबार नै नेम्वाङको प्रस्ताव स्वागतयोग्य भनेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैठकबाट बाहिरीने क्रममै यस्तो प्रतिक्रिया दिनुभएको थियो ।
काँग्रेसले पनि प्रस्तावलाई स्वागतयोग्य भन्दै विपक्षी दललाई समेत स्वीकार्न गर्न आग्रह गरेपछि एमाओवादीलगायतका दल अप्ठ्यारोमा पर्ने संकेत देखिएको छ ।
सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधान जारी गर्ने चुनौति दिदैँ आएका काँग्रेस र एमालेको यस्तो निर्णयले कस्तो परिणाम ल्याउने हो त्यो पनि कुर्नै पर्ने भएको छ ।















प्रतिक्रिया