२९ आश्विन २०८३, बिहिबार

इंग्लिस प्रिमियर लिगमा चेल्सी दोस्रो पटक पराजित, अंक तालिकामा म्यानचेस्टरसँगै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

m51
काठमाडौँ, १८ पुस । बिहीबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चर्चित क्लव चेल्सी पराजित भएको छ । चेल्सीलाई लन्डन टोटनह्याम हट्सपरले ५–३ को फराकिलो अन्तरले हराएको हो ।

जारी लिगमा दोस्रो हार व्यहोरेको चेल्सी यो हारसँगै उपाधि होडमा केही कमजोर बनेको अनुमान सुरु भएको छ ।  यसअघि न्युकासल युनाइटेडले चेल्सीलाई पराजित गरेको थियो ।

दोस्रो हारसँगै चेल्सीको अंक तालिकामा पनि धक्का लागेको छ । अब चेल्सी दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग बराबरी अंकमा रहेको छ । गएरातिकै खेलमा  सन्डरल्यान्डलाई ३–२ ले हराएर म्यानचेस्टर सिटी चेल्सीसँग बराबरी भएको हो । प्रिमियर लिगमा २०औं चरणका खेलहरु सकिँदा चेल्सी र  म्यानचेस्टर ४६ अंकका साथ शीर्ष स्थानमा छन् ।

बिहीबार राती लिभरपुल र लेस्टर सिटीले २–२ गोलको तथा न्युकासल युनाइटेड र बर्नलेले ३–३ गोलको बराबरी खेले ।

यसैगरी, हल सिटीले एभर्टनलाई २–० ले हरायो भने एस्टन भिल्ला र क्रिस्टल प्यालेसले गोलरहित तथा वेस्टह्याम युनाइटेड र वेस्ट ब्रोमविच आल्बियनले १–१ गोलको बराबरी खेले  ।

प्रिमियर लिगमा २०औं चरणका खेलहरु सकिँदा चेल्सी ४६ अंकका साथ शीर्ष स्थानमा छ । समान अंक जोडेको म्यानचेस्टर सिटी गोल अन्तरमा पनि समान भएपछि चेल्सीसँग शर्षि स्थान बाँडेको छ ।