३० आश्विन २०८३, शुक्रबार

क्यानडास्थित भारतीय रेष्टुरेण्टमा विष्पोट हुँदा १५ जना घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १२ जेठ । क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइएको विष्पोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ ।

टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन् ।

‘दुईजना नकावधारी पुरुष बम्बई भेल रेष्टुरेण्टमा प्रबेश गरी विष्फोटक पदार्थ राखेर भागेका प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ’, पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताए । विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले सञ्चारकर्मीलाई बताए ।

‘हामीसँग घटना आतङ्कवादी आक्रमण वा वदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भैसकेको छैन’, बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ । घटनाबारे छानविन भइरहेकोले यस विषयमा तत्काल अरू जानकारी दिन नसकिने उनले बताए ।

आक्रमणकारीले विष्फोटक पदार्थ छोडेर भाग्दा केही नभनेका पाइएकोे बेट्रामले बताए । ‘उनीहरू एकाएक ग्राहकको रूपमा रेष्टुरेण्ट प्रवेश गरी विष्फोटक पदार्थलाई भुँईमा राखी भागेका बताइएको छ’, उनले भने । सिन्ह्वा