पर्सा, १८ पुस । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीबार वीरगन्जको पानमण्डीमा छापामारी कल बाइपास गर्ने अभियोगमा एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका–१२ पानमण्डीमा रहेको मकबुल मियाँको घरमा छापामारी कलबाइपास गर्ने विभिन्न उपकरणसहित उनलाई पक्राउ गरिएको हो ।
मियाँको घरमा कोठा भाडामा लिई बसेका बङ्गलादेशी नागरिकले कल बाइपास गरेको पूर्व सूचनाको आधारमा काठमाडाँैबाट आएको सिआइबी टोलीले छापामारी कल बाइपास गर्ने मेसिन तीन थान, एनसेलको सिकार्ड ४५ थान र एनटिसीको सिमकार्ड ५० थानगरी ९५ थान सिमकार्ड, रिचार्जकार्डलगायतका सामान बरामद गरेको छ ।
सो घटनामा संलग्न अन्य अभियुक्तलाई पक्राउ गर्न बाँकी रहेकाले पक्राउ परेकाको परिचय हाल गोप्य राखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया