२१ कार्तिक २०८३, शनिबार

जनतालाई सन्तुष्ट बनाउनुपर्ने जिम्मेवारी: डा.विजय पौडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मोहन पौडेल

परासी, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. विजय पौडेलले अव नागरिकलाई सन्तुष्ट पार्ने जिम्मेवारी कम्युनिष्टको काँधमा आएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नवलपरासी पश्चिम, जिल्ला स्कुल विभागको आयोजनामा पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि सुनवलमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सबै नागरिकलाई सन्तुष्ट पार्नुपर्ने बताए ।

स्थानीय, प्रदेश र केन्द्र तीन वटै तहका सरकारलाई विधि र प्रणालीमा सन्चालन गरेर नागरिकलाई सन्तुष्ट पार्न सकिने उनको जोड थियो । नेता पौडेलले स्थानीय तहका जनप्रतिनिधिलाई नागरिक सन्तुष्ट हुने गरी काम गर्न निर्देशन दिदैँ आगामी चुनाव दुई तिहाई मत आउने वातावरण बनाउन पनि आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम नवलपरासीको स्कुल विभागकी प्रमुख सरिता खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका अर्का नेता घनश्याम यादवले अब मुलुकलाई समृद्धिको दिशातर्फ लानुपर्ने जिम्मेवारी आएकोले स्थानीय तहमा योजना बनाउँदा समृद्धिलाई प्राथमिकता दिन आग्रह गरे ।

दुई दिनसम्म सन्चालन हुने सो प्रशिक्षणमा डा.विजय पौडेल, डा. रमेश पौडेल, घनश्याम कोईराला, बद्री खनाल लगायतले प्रशिक्षण दिने स्कुल विभागका गोपालसिंह आलेले बताए ।