२१ कार्तिक २०८३, शनिबार

गैसस महासंघद्धारा तीन जना सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गाईघाट, ११ जेठ । गैर सरकारी संस्था महासंघ उदयपुरले शुक्रबार एक समारोहकाबीच तीन जना सामाजिक अभियन्ताहरुलाई सम्मान गरेको छ ।

१८ औँ साधारणसभाको अवसर पारेर महासंघले जिल्लाको सामाजिक क्षेत्रको अभियान उल्लेखनिय योगदान पुर्याउने तीन जनालाई फरक–फरक तीन विद्यामा सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट समाजसेवीको उपाधिबाट महासंघका केन्द्रीय सदस्य तथा पेसोक नेपालका अध्यक्ष सृजना दनुवार, उत्कृष्ट गैसस अभियन्ताबाट पुर्वअध्यक्ष युवराज पराजुली र उत्कृष्ट मानवअधिकारकर्मी तथा शान्ति अभियन्ताबाट मानवअधिकार सञ्जालका अध्यक्ष भरत खड्का छन् ।

त्यसैगरी सोहीअवसरमा गैसस महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार कौशल चेम्जोङ, पुर्वअध्यक्षहरु दुर्गानन्द चौधरी, दलित साह, दलित सञ्जालका अध्यक्ष सुमन परियारलाई पनि सम्मान गरिएको थियो ।