४ कार्तिक २०८३, बुधबार

‘चमेली’पछि नयाँ कोसेली ल्याउँदै ‘कला’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘बनैमा फुल्यो चमेली’को सफलतापछि लोकप्रिय लोक गायिका कला लम्साल यतिबेला नयाँ कोसेली ल्याउने तयारीमा छिन् ।

अघिल्लो बर्ष चर्चित बनेको ‘छड्के तिलरीको’ सफलतापछि उत्साहित बनेकी कलाले यसपालि पनि प्रीति आलेसँगै नयाँ तीज गीत ल्याउने तयारीमा छिन् । कला र प्रीतिसँगै राजु ढकाल र शंकर पन्तले पनि स्वर दिँदैछन् ।

नयाँ एल्बमको व्यस्त कलाले ‘दैनिक नेपाल’सँग भनिन् – ‘दुई महिनाभित्रै दर्शक र स्रोताहरुले मेरो नयाँ कोसेली पाउनुहुनेछ ।’

आफ्नो गीतको अलबा उनले अन्य गायकहरुको नयाँ गीतमा पनि स्वर भर्दैछिन् ।

कहिले स्वदेश तथा कहिले विदेशका कार्यक्रममा व्यस्त भइरहने कला यो क्षेत्रमा लागेको १३ बर्ष भइसक्यो । यो अवधिमा उनले ९ वटा एल्बम बजारमा ल्याइसकेकी छिन् भने चार सय जति गीतहरुमा आवाज भरेकी छिन् ।

मौलिक गीतहरु गाउन रुचाउने कला प्रायः पाल्पाली ढाकाको गुन्य चोली र रातो टीकामा देखिन्छिन् । सुन्दरी गायिकाको रुपमा परिचय बनाएकी उनका हजारौँ फ्यान छन् । त्यसैले त उनी गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन् ।