१ कार्तिक २०८३, आइतबार

अज्ञात रोगका कारण चौपायाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaiरौतहट, १८ पुस । रौतहटको चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण एक दर्जन चौपाया मरेका छन् ।

पशुपालनको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको गैंडाटार क्षेत्रमा देखापरेको रोगका कारण चौपाया धमाधम मरिरहेको बताइएको छ ।

स्थानीय बासिन्दाका अनुसार अज्ञात रोगका कारण गैंडाटारका सोमबहादुर आले, दीपक गौतम, भानुभक्त गौतम, भोजराज चौहानलगायतले पालेको गोरु तथा गाईसमेत गरी एक दर्जन चौपाया पाँच दिनको अवधिमा मरिसकेको स्थानीय कृषकले बताएका छन् ।

अज्ञात रोगका कारण चौपाया मर्न थालेपछि पशुपालक कृषक चिन्तित बनेका छन् ।

रोगका कारण चौपाया मर्न थालेपछि पशु सेवा कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरे पनि पशु प्राविधिक नआएकोे स्थानीय कृषकहरुले गुनासो गरेका छन् ।