
काठमाडौं । ४६ वर्ष पुगे बलिउडका निर्देशक, निर्माता, लेखक तथा टिभी पर्सनालिटी करण जोहर । २५ मे, १९७२ मा उनको जन्म भएको थियो । उनको आज जन्मदिन हो ।
करणले आफ्नो भर्जिनिटि पहिलो पटक २६ बर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा तोडेका थिए । त्यसका लागि उनले पैसा खर्च गर्नु परेको थियो ।
बलिउडका नामी कलाकारसँग संगत राख्ने करणका अन्य रहस्य पनि छन् । कल हो ना होमा करिना कपुुरले शाहरुख खानको जति फिस मागेपछि करण–करिना बोलचाल एक वर्ष भएन । करणका पिता यश जोहर बिरामी भएपछि बोलचाल खुलेको थियो ।
काजलसँग पनि उनको पैसाका विषयमा झगडा परेको खबर चर्चामा थियो । उनले आफ्नो लैंगिक पहिचानका विषयमा पनि खुलेर कुरा गरेका थिए । शाहरुख एउटा गतिलो साथी भएको उनले जनाएका छन् । एजेन्सी















प्रतिक्रिया