३ कार्तिक २०८३, मंगलबार

चर्चित क्रिकेटर धनञ्जयका बाबुको गोली हानी हत्या

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, ११ जेठ । श्रीलंकाका ब्याट्सम्यान धनञ्जय डी सिल्भाका बुवाको गोली हानी हत्या भएको छ ।

धनन्जयका बुवा रञ्जन डी सिल्भाको बिहीबार श्रीलंकाको राजधानी कोलम्बोको दक्षिण क्षेत्रमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुवाको हत्या भएपछि धनन्जय वेष्ट इन्डिजको भ्रमणमा नजाने भएका छन् । धनन्जय क्रिकेट टुरका लागि श्रीलंकाली टिममा थिए र उनी शुक्रबार वेष्ट इन्डिज जानु पर्ने थियो । तर अब उनी नजाने भएका छन् । एजेन्सी