२१ कार्तिक २०८३, शनिबार

माधवनारायण नगरपालिकामा नमुना सुविधा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रौतहट, १० जेठ । बर्षौ देखी जनताको आवश्यकतालाई बुझदै विकास गरि जनताको मनोकामना पुरा गर्न चाहेका समाजसेवी विरेन्द्र प्रसाद यादव गत स्थानीय चुनावबाट नगर प्रमुख पदमा निर्वाचित भई नगर परिषद पश्चात विकास निमार्णको छोटो समयमा पनि ठूलो सोचका साथ विकास निमार्णको कार्यमा अगाडी बढाएका छन ।

नगर प्रमुख यादव आफ्नो कार्यअवधी ५ बर्षको मात्र भएपनि त्यति समय भित्रमा नै तिन प्रकारका विकास निमार्णका कार्ययोजना बनाई राखेका छन् । लामो, मध्यम तथा छोटो अवधीका विकास निमार्णका कार्ययोजना बनाई विकास निमार्णका कार्य अगाडी बढाउन सोच राखेका यादव बताएका छन् ।

माधवनरायण नगरपालिकाका मुख्य योजनानगरका प्रत्येक वडामा ढल निकास साथमा मुल सडक ३० फिट,गाँउ भित्रको सडकहरु आवश्यकता अनुसार जनताहरुको क्षति बढी नहुने गरी २० देखि १६ फिटको बाटो निमार्ण कार्य सुरु भएको छ । नगर प्रमुख यादव जनताको मन जित्दै आफनो नगरभरिमा कुनैपनि आकस्मिक अवस्थामा दमकल, एम्बुलेन्स जस्ता साधनहरु छिटो भन्दा छिटो पुग्ने सक्ने सडक निमार्ण कार्यहरु ६० प्रतिशत सम्पन्न भएको र ४० प्रतिशत कार्य निमार्णअवधिमा रहेको बताए ।

सखुवा देखी मिठुवा सम्मको बाटो ३० फिट चौडा गरि १६ फिटमा पिसिसि ढलान कार्य तीब्र गतिमा भईरहेको तथा सखुवा देखि माधवपुर सम्मको जिल्लाका सबैभन्दा खराब बाटो जुन कि एकझरी बर्षायमा मानिसहरु खाली खुटा हिडन पनि नसक्ने बाटोलाई ३० फिट चौडा गरि १५ मिनेटमा माधवपुर पुग्न सक्ने ढलान सडक निमार्ण गर्ने उदेश्य राखेका नगरप्रमुख यादव आफनो नगरपालिकाको बजेटबाट भ्याउन नसक्ने भएपछि मन्त्रालयबाट शहरी विकाश अन्र्तगतका बजेट ५करोड माग गरेको र सो रकम पनि प्राप्त भईसकेको अब लामो अवधीको विकास निमार्णका कार्यपनि शुरु गर्ने बताएका छन ।

सडक निमार्णको कार्यमा मात्र जोड नदिई शिक्षामा पनि तेतिकै ध्यानपूर्वक नगरभरिका १९ वटा सरकारी विधालयहरुमा नगरपालिकाको सहयोगमा शिक्षक राखी बाल कक्षाबाट नै अँग्रेजी माध्याममा पढाई शुरु गराउन अभियान नै थालेको बताउनु भयो ।

आफ्नो कार्यअवधी भरीमा जनताको हकहितमा समर्पित भई जनताको मन जित्दै सम्पूर्ण विकास निमार्णको कार्य समयमै पूरा गरि एउटा नमुना सुविधा सम्पन्न नगरपालिकाको रुपमा माधवनरायण नगरपालिकालाई देखाउने नगरप्रमुख विरेन्द्र प्रसाद यादवको मुख्य उदेश्य रहेको बताए ।