विराटनगर, १७ पुस । एक सातामा मोरङमा दुईजना पत्रकार कुटपिटमा परेका छन् ।
पत्रकार ब्रह्मदेव यादवको कुटपिटको घटना सेलाउन नपाउदै अर्का पत्रकार जीतेन्द्र ठाकुर बुधबार राती ११ बजे अज्ञात व्यक्तिहरुको कुटाइबाट गम्भीर घाइते भएका छन् ।
स्थानीय दैनिक उज्यालो पत्रिकामा काम सकेर विराटनगरस्थित कृष्ण पार्टीप्यालेसमा भोजन गरी निवासतर्फ फर्कन लाग्दा एक युवाहरुको जत्थाले आपूmलाई एक्कासि कुट्न लागेको पीडित पत्रकार ठाकुरले बताउनुभयो ।
उहाँको टाउको फुटेको छ, टाउकोमा चारवटा टाँका लागेको छ । कुटपिट घटनामा बङ्गलादेशमा इन्जिनियरिङ कलेजमा अध्ययनरत स्थानीय छात्रहरुको संलग्नता रहेको उहाँले बताउनुभयो ।
यस घटनामा संलग्नमध्ये कोही पनि आज मध्याह्नसम्म पक्राउमा नपरेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया