३ कार्तिक २०८३, मंगलबार

यस्तो अवस्थामा देखिए ब्राजिलियन टिमका खेलाडी नेइमार

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० जेठ । चोटग्रस्त ब्राजिलियन फरवार्ड नेइमार दिनप्रति दिन फिट हुँदै गएको ब्राजिलियन राष्ट्रिय टिमले जनाएको छ ।

नेइमार हरेक दिन प्रशिक्षणमा रहेको र उनको प्रगति आश गरिए भन्दा राम्रो देखिएको ब्राजिलको राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् ।

पेरिस सेन्ट–जर्मेन, पिएसजीका २६ वर्षे स्ट्राइकर नेइमार लिग खेल अन्तर्गत गएको फेब्रुअरी २५ मा चोटग्रस्त भएपछि मैदान बाहिर छन् । उनको खुट्टाको हड्डी भाँच्चिएर शल्यक्रिया गर्नु परेको थियो ।

तर उनी आउँदो जुन १४ देखि सुरु हुने ब्राजिलको टिममा परेका छन् । ब्राजिलको राष्ट्रिय टिमका फिजिकल ट्रेनर फाबिओ माहसेरेड्जिएनले भने, ‘नेइमारमा आश गरिए भन्दा राम्रो प्रगति देखिएको छ ।’

ब्राजिलले विश्वकपको पहिलो खेलमा जुन १७ मा स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलियन टिमका डाक्टर रोड्रिगो लास्मारका अनुसार नेइमारले आफ्नो पुरानो लय समात्दै गएका छन् ।

उनले भने, ‘अबको अर्को खुड्किलो भनेको नेइमारले टिमसँग प्रशिक्षणमा भाग लिनेछन् अनि खेल्ने छन् । अहिलेसम्म सबै राम्रो भएको छ ।’ एजेन्सी