१ कार्तिक २०८३, आइतबार

बिजुक्छे भन्छन्– असहमतिका विषयलाई थाती राखेर संविधान जारी गरौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayanmanभक्तपुर, १७ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश, शासकीय स्वरुप र स्थानीय निकायको विवादलाई थाती राखेर अरु विषयमा सहमति गरेर संविधान जारी गर्न सकिने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले  भन्नुभयो – ‘जसरी थालभरिको तातोभात एकैपटक खान खोज्दा समस्या आउँछ, एकएक गाँस गरेर खाए सजिलै सकिन्छ, त्यसैगरी संविधानमा सहमति भएका विषयलाई बुँदागत रुपमा समेटेर लैजाने र सहमति नभएका विषयलाई पछि छलफल गर्दै लैजाने विकल्पमा जानुपर्छ ।’

माघ ८ गते संविधान नआए पनि देशमा कुनै समस्या नआउने बताउँदै उहाँले जसरी अहिले देश चलेको छ माघ ८ पछि पनि अन्तरिम संविधानकै भरमा देश सहज रुपमै चल्ने दाबी गर्नुभयो ।

दलहरुबीच प्रक्रियामा जाने सहमति भए माघ ८ मै संविधान जारी गर्न सकिने तर सहमति नभए माघ ८ मा संविधान जारी नहुने उहाँको भनाइ थियो ।

दोस्रो संविधानसभापछि आठ दलीय मोर्चा विघटन भएकै कारण अहिले उपद्रो मच्चिएको बताउँदै उहाँले आठ दलीय मोर्चालाई फेरि ब्युँझाएर सहमतिको प्रयास गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।