२१ कार्तिक २०८३, शनिबार

विप्लवलाई स्थानीय सरकार प्रमुखको चुनौती: भ्रष्टाचार गरेको पुष्टि गर्नुहोस्

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ९ जेठ । सल्यानका जनप्रतिनिधिहरुले आफूले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको बताएका छन् । उनीहरुले आफू निर्वाचित भएका विभिन्न स्थानीय तहहरुमा स्थानीय सरकार आफैले कानुन निर्माण गरेर अगाडी बढ्नु पर्ने बेलामा विभिन्न परिस्थितिले सोचे अनुसारको काम गर्न नसकिएको भए पनि आफूरुले भ्रष्टाचार नगरेको बताएका छन् ।

आज जिल्लाको सदरमुकाम खलंगामा तीन नगरपालिका प्रमुख, तीन गाँउपालिका अध्यक्ष र सात वडाअध्यक्षहरुले सामूहिक पत्रकार सम्मेलन गर्दै आफूहरुले भ्रष्टाचार नगरेको र कोही कसैलाई गर्न पनि नदिएको बताएका छन् । सल्यानका भ्रष्ट जनप्रतिनिधिहरु भनेर नेपाल कम्युनिष्ट पार्टी विप्लबले जेठ ७ गते विज्ञप्ती निकालेको थियो ।

न्यायपूर्ण निर्णय समावेशी विकासको अबधारणा बोकेर आफूहरुले स्थानीय तह सञ्चालन गरिरहेको जनप्रतिनीधिहरुले दाबी गरेका छन् । यदी कसैलाई भ्रम पर्न गएको भए खुल्ला छलफलमा जान समेत तयार रहेको उनीहको भनाई छ ।

पत्रकारहरुको जिज्ञासामा स्थानीय जनप्रतिनीधिहरुले विप्लव नेकपाका नेताहरुले हरेक योजनाबाट २ प्रतिशत रकम र छुट्ट्रै चन्दा सहयोग मागेको तर आफूहरुले दिन नमाने पछि भ्रष्टाचार गरेको आरोप लगाएको बताएका छन ।

यस्तै जनप्रितिनिधिहरुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘अधिकतम पारदर्शीता, न्यायपूर्ण निर्णय र समावेशी विकासको अवधारण बोकेरै हामीले स्थानीय तह सञ्चालन गरेका दाबी गर्दछौँ । देशलाई सधैैँ द्धन्द्धमा फसाई रहने मनसायले क्रान्ती, युद्ध, जनसत्ता, जस्ता खोलहरु ओडेर अराजक तत्वहरुले देशको वास्तविक विकास भई देश विकास, न्याय र समृद्धिको दिशामा अगाडी बढेको देख्न नसकेर जनप्रतिनिधिहरुलाई भ्रष्टाचारीको संज्ञा दिएका हुन् ।’

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, बनगाड बुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुन, बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी, सिद्धकुमाख गाउँपालिका अध्यक्ष मान बहादुर चलाउने, कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेन, त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी लगायतका वडा अध्यक्षहरुद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा नेकपाले प्रचारमा ल्याएको बिज्ञप्तीमा जस्तो भ्रष्टाचार के काममा भएको हो, कति भएको हो, कहिले भएको हो केही उल्लेख नगरी निराधार हल्ला चलाईएको र यसले जनताको अभिमतको अपमान भएको जनाईएको छ ।

जनप्रतिनिधिहरुले गरेको कामहरुको वास्तविकता बुझ्ने र निगरानी गर्ने जनता भएको हुदाँ कही पनि भ्रष्टाचार नभएको जनप्रतिनिधिहरुको दाबी छ । साथै भ्रमपूर्ण अभिब्यक्ति प्रकट गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याएर कानुन बमोजिमको कारबाही गर्न सम्बन्धित निकाय तथा स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।