२१ कार्तिक २०८३, शनिबार

समाचार लेखेको भन्दै पत्रकार नेपालीलाई धम्की

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल
हुम्ला, ९ जेठ । समाचार लेखेको आरोपमा पत्रकार मिमसिंह नेपालीलाई धम्की आएको छ । अख्तियारको आदेशमा हुम्लाको साविकका मैला र मदना गाविस सचिव गोपालचन्द्र लामालाई प्रहरीले पक्राउ गरेपछि पत्रकार नेपालीले जेठ ८ गते सामाजिक सुरक्षा भत्ता हिनामिनामा वडा सचिव पक्राउ शिर्षकमा समाचार लेखेका थिए ।

लामालाई सामाजिक सुरक्षा भत्ता हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा प्रहरीले हुम्लाबाट लामालाई पक्राउ गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाएको थियो ।

पत्रकार नेपालीलाई मोवाइल नम्वर ९८४८३०९०४६बाट फोन गरि समाचार किन लेखेको भन्दै अपशब्द प्रयोग गरि गाली गलौज गरेको र जातीय विभेदका आधारमा होच्याई धम्क्याइएको पत्रकार नेपालीले बताए ।

पत्रकारलाई धम्काएको विषयमा नेपाल पत्रकार महासंघ हुम्ला शाखा र पे्रस चौतारी नेपाल हुम्लाले विज्ञप्ती जारी गर्दै घोर निन्दा गरेको छ ।

आरोपी लामालाई सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अख्तियारमा मुद्धा परेपछि उपस्थितिका लागि अख्तियारले पटक पटक ताकेता गर्दा वयान दिन नगएका कारण प्रहरीले पकाउ गरि पठाएको थियो । नेपाली पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष हुन् ।