३ कार्तिक २०८३, मंगलबार

आइपीएलमा तहल्का मच्चाएका सन्दिपले कार उपहार पाउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ जेठ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले कार उपहार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेट खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् ।

उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् ।

आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिएका थिए । उनी मंगलबार मात्र काठमाडौँ आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।