२१ कार्तिक २०८३, शनिबार

चितवनको कालिकामा फोहोर व्यवस्थापन तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, ९ जेठ । चितवनको कालिका नगरपालिका वडा नं. १ को आयोजनामा पूर्ण सरसफाई, वातावरण मैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम आजबाट पदमपुरमा शुरु भएको छ ।

लेट्स डु इट नेपाल नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा कालिका वडा नं. १ का १३ वटा टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य गरी ६५ जनाको सहभागीता रहेको छ ।

तालिममा फोहोर व्यवस्थापन, घर टोल र नगरको सरसफाई, करेसाबारीको व्यवस्थापन, स्वच्छ हरियाली नगर बनाउने विषयमा प्रशिक्षण दिइने छ । प्रशिक्षणमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका इञ्जिनियर भरत पोख्रेल, सरसफाई वातावरण अभियन्ता बिरेन्द्र पौडेल, नारायण दवाडी, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले सहजीकरण गर्नेछन् ।

तालिम उद्घाटनको अवसरमा आयोजित कार्यक्रम कालिका वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।