१३ कार्तिक २०८३, शुक्रबार

समातिएका नेता र भागेका पत्नी–छैन कुनै संकेत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ९ जेठ । पार्टी एकीकरणको खुशियालीमा देशभर दीपावली मनाइरहँदा लमजुङबाट एमाओवादीका संस्थापक ऋषिराम पौडेल (डाँफेबा)ले कागलाई बेल पाक्यो हर्ष न विस्मात मात्रै भनेनन् पूर्वएमाले उपाधयक्ष तथा संघीय समाजवादी पार्टीका नेता अशोक राईको बोलीमा लोली मिलाउँदै यो तोरी र कोदोको समिश्रण हो– न तेल निस्कन्छ न पिठो भनी फेसबुकमा पोस्ट गरेका छन् ।

लामो समय जेलजीवन विताएका पौडेल आफूभन्दा धेरै जुनियर नेतृत्व सम्हाल्न आइपुगेपछि वैद्यको केन्द्रीय सल्लाहकार बन्न गएका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

युद्धताका ज्यानको बाजी लगाएर हिँडेका रविन्द अधिकारी (नवीन) गाउँमै बाख्रा पालनका साथै म्यारिज र रक्सीमा रमाउन थालेको खबर छ । कुनै बेला लमजु–गोर्खाको इञ्चार्ज सम्हालेका देवन्द्र पौडेल प्रताप निकै प्रभावशाली मानिन्थे । डिट्टो प्रचण्डको नक्कल गर्ने उनी युवती काण्डैकाण्डले कारबाहीमा परे ।

रमाइलो–रमाइलोमै सविनासँग नजिकिएका उनले फेरि प्रतिभाले उनको प्रस्तावलाई ठाडै इन्कार मात्र गरिनन् वृक्ष (विष्णुमाया विक)सँग लागेको बताएलगत्तै प्रतापले तिनै वृक्षसँग विवाह गरे ।

लमजुङ इञ्चार्ज हुँदै सेक्रेटरी र पछि जिम्मेवारविहीन अवस्थामा पुगेका प्रताप विप्लव माओवादीको केही समय लमजुङ इञ्चार्ज भए । त्यता पनि टिक्न सकेनन् । र अहिले जागिरको खोजीमा काठमाडौंमा भौतारिदै हिँडेको खबर छ ।

गुड्दै गरेको स्कुल बसमा माइन पड्काएर विद्यार्थी सोत्तर पार्ने सुनील पार्टी हिसातमै रहेका बखत श्रीमती सुनितासहित फरार भए ।