१३ कार्तिक २०८३, शुक्रबार

केटीको नाममा घिनलाग्दो काम

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ९ जेठ । नाम ‘बमबम’ र काम पनि ‘बमबम’ ! यस्ता एकजना अभियुक्त छन्, साइबर क्रमइममा ! व्यापारी र भन्सार एजेण्ट तर्साएर असुल्ने धन्दा, त्यही खेतीबाट करोडौंको सम्पत्ति आर्जन गरेका । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

उनी हुन्, वीरगञ्जमा ‘बमबम’का नामले चिनिने सुशीलकुमार कण्ठ । थुप्रै व्यापारी र भन्सार एजेन्ट, हाकिमसँग विभिन्न नाममा उठ्तीपुठ्ती चलाए । अहिले काठमाडौं प्रहरीको नियन्त्रणमा छन् ।

मुद्दा हो, विद्युतीय कारोबार । वीरगञ्जकै भन्सार एजेन्ट मनोज राउत कर्मीसँग हप्कीदप्की गर्दै आर्थिक कारोबार चलाउन नसक्दा विद्युतीय कारोबारमार्फत बाटो तताए । तर, त्यो कारोबारले अहिले प्रहरीको खोरमा उडुस र मच्रसँग सुताएको छ ।

टेकुस्थित प्रहरी परिसरका हाकिमहरूलाई राप्रपा नेता कमल थापा र राजीव पराजुलीले फोन गरेर तुरुन्त छाड्न निर्देशन दिएको दुई हप्ता बितिसक्यो । तर, हिरासतमै छन् ।

प्रहरीका अनुसार, वीरगञ्जमा पोके तस्करीको काम नफस्टाएपछि ब्ल्याकमेलिङलाई पेशा बनाउँदै आएका थिए । पछिल्लो समय फेसबुक प्रयोग गर्न थालेका उनले ‘नागिन यादव’ नामक आइडी बनाए । केटीको फोटो, व्यापारीको बेइज्जती ! यति भएपछि वीरगञ्जभरि हल्लीखल्ली चल्यो को हो नागिन भनेर ।