लसञ्जलस । कान्स फिल्म फेस्टिभलको अन्तिम दिन इटालियन फिल्मस्टार आसिया आर्जेन्तोले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो रहस्य खोलेकी छिन् ।
१९ मेको कान्स फिल्म फेस्टिभलको क्लोजिङ सेरोमनी थियो । यस सेरोमनीका दिन आसियाले जिन्दगीको यस्तो रहस्य खोलेकी हुन् । जसबारे सायदै कसैलाई थाहा थियो । उनले भाषणमा भनिन्, ‘१९९७ मा हार्वे विन्सटिनले मलाई बलात्कार गरेका थिए ।’
त्यो समयमा उनी २१ वर्षकी थिइन् । ‘म चाहन्छु कि कहिल्यै पनि हार्वेलाई फेस्टिभलमा नबोलाइयोस्’, आसियाले भनेकी छिन्, ‘यहाँ बसिरहेका केही वरिष्ठहरू पनि महिलामाथि हुने अपराधको हिस्सेदार छन् ।’
आसियाको आरोप छ कि हार्वेले बहाना गरेर होटेलको कोठामा बोलाएर बलात्कार गरेका थिए । एजेन्सी















प्रतिक्रिया