१ कार्तिक २०८३, आइतबार

शीर्ष नेता निर्णायक वार्तामा, नेम्वाङले मागे पहिलो मस्यौदा बनाउने अधिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-parchanda and susilकाठमाडौँ, १७ पुस । संविधानसभा भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण बुधबार स्थगन भएको समितिको बैठक बिहीबार बिहानैदेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अध्यक्षतामा बसेको हो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, मधेसी मोर्चाका बिजय गच्छदारलगायतका नेता सहभागी छन् ।
बैठकमा संविधानसभा संवाद समिति र मस्यौदा समितिका सभापतिद्वय बाबुराम भट्टराई र कृष्णप्रसाद सिटौला पनि सहभागी हुनुहुन्छ ।

बैठकमा नेम्वाङले जसरी पनि माघ ८ मा संविधान जारी गर्नु पर्ने र नभए सम्यौदासम्म भए पनि ल्याउनु पर्ने आडान राख्दै आएपछि उहाँकै पहलमा बैठक बसेको हो । जारी बैठकले जसरी पनि सहमतिको टुङगोमा पुग्ने नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार बैठकमा नेम्वाङले संविधानका विवादित विषयमा चार दिन भित्र सहमति गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले त्यसो हुन नसके संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन आग्रह गर्नुभएको छ ।