१ कार्तिक २०८३, आइतबार

लागुऔषधसहित दुई युवक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiलहान, १७ पुस । प्रहरीले सिरहाको बरियारपट्टी– ५ बाट गएराति लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको जानकीनगर– २ निवासी २० वर्षीय अजितकुमार राय र मकवानपुर भीमफेदी –२ निवासी १७ वर्षीय मनिष रानामगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेकाको साथबाट कोरेक्स ५ बोतल, नाइट्रोजन २८ ट्याब्लेट, फोडबिन, डाइजेपाम र फेनारगन ४ थान बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरियारपट्टीमा राखिएको छ । रासस