
काठमाडौं, ८ जेठ । क्रिकेटको सबैभन्दा ठूलो क्लवस्तरीय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल)मा जादुमय खेल देखाएका १७ बर्षिय नेपाली खेलाडी सन्दिप केही समयपछि काठमाडौं आइपुग्नेछन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजे अवतरण गर्ने बताइएको छ । उनको स्वागतका लागि भव्य तयारी भएको छ । एक महिनामा नै विश्वभरी करोडौं फ्यान बढुल्न सफल सन्दिपले आइपीएलका अन्तिम ३ खेलमा पाएको मौकामा जादुमय प्रदर्शन गरेका थिए ।
जेट एयरवेजको विमानबाट विमानस्थलमा अवतरण गर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले बताए ।
१७ वर्षीय लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी आईपीएलका लागि गत २७ मार्चमा भारत गएका थिए । उनलाई दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो । सन्दीपले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपूर्ण ३ विकेट लिन सफल भएका थिए ।















प्रतिक्रिया