१३ कार्तिक २०८३, शुक्रबार

नेकपाका प्रभावशाली नेता, जसले भने, ‘ममाथि अन्याय भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेकपाको ‘हाइकमान्ड’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आफूमाथि वरीयताक्रममा अन्याय भएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् ।

‘मैले ममाथि वरीयताक्रममा भएको अन्यायबारे खुलेर कुरा राखेको छु,’ खनालले भने, ‘अहिलेको वरीयताक्रम मान्य छैन, त्यसैले पुनर्विचार गरेर सच्याइनुपर्ने ध्यानाकर्षण गराएको छु ।’ खनालको ध्यानाकर्षणपछि अध्यक्षद्वय ओली र प्रचण्डले अर्को बैठकमा त्यसबारे छलफल हुने बताएका थिए ।

एकीकृत पार्टीको अध्यक्षद्वयपछि दोस्रो वरीयतामा पूर्वप्रधानमन्त्री माधव नेपाललाई राखेकोमा खनालको असन्तुष्टि छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।