काठमाडौं, ८ जेठ । नेकपाको स्थायी समितिमा पूर्वएमालेबाट चार नेताको बढुवा गर्ने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भएको छ ।
तत्कालीन पार्टीमा पोलिटब्युरो सदस्य रहेका बेदुराम भुसाल, रघुजी पन्त र विष्णु रिमाल साथै केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई स्थायी समिति सदस्यमा मनोनीत गर्ने समझदारी भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका तर्फबाट २६ जनामध्ये अमृतकुमार बोहरा, केशव बडाल, सोमनाथ प्यासी आमन्त्रित सदस्यका रूपमा रहने भएपछि रिक्त पदमा उनीहरूलाई मनोनीत गर्न लागिएको केन्द्रीय सचिवालयका एक सदस्यले बताए ।
अर्का आमन्त्रित सदस्य डा.पुष्प कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकाले राजीनामा दिइसकेका छन् ।












प्रतिक्रिया