
-मिना बुढाथोकी
सल्यान, ७ जेठ । सल्यानको खलंगामा रहेको जिल्ला अस्पताल सल्यानको आज शारदा नगर प्रमुख सुरेश अधिकारीले आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले अस्पतालका बिरामीलाई दिइने उपचार सेवा, अस्पतालमा बिरामीका लागि औषधिको पर्याप्तता, चिकित्सा सामगृहरुको उपल्व्धता लगायतका विषयको जानकारी लिए ।
अनुगमनका क्रममा अस्पताल लाई ५० शैयासम्म पु¥याउने शारदा नगरपालिकाको लक्ष्य अनुसार अहिले ३७ शैया सन्चालनमा रहेको अस्पताल प्रसाशनले बताएको छ । अस्पताल लाई भौतिक रुपमा सम्पन्न गराउन नगरको करिब २ करोड लगानिमा भवन निर्माण अघि बढेको र टेण्डर भैसकेको बताइएको छ ।
त्यसैगरी बिरामीहरुको स्वास्थ्य अवस्था जााच्न अत्याधुनिक सिआर मेसिन खरिद गर्ने कार्य पूरा भैसकेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा मेसिन खरीद गर्नका लागि यस नगरपालिकाले करिव ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
शारदा नगरपालिकाले अस्पतालको भौतिक, प्रशासनिक र व्यवस्थापकीय क्षेत्रमा नगरको पहिलो साधारण सभाबाटै सहयोग गर्ने निर्णय भए अनुसार सहयोग अघि बढाएपछि अस्पतालले दिने सवै सेवामा अहिले परिवर्तन आउन थालेको नगरपालिकाका प्रेस संयोजक यादव उपाध्यायले जनाए ।
अस्पतालमा अहिले विगतका भन्दा सेवा प्रवाहमा आएको परिवर्तन सँगै सेवाग्राहीको भीड समेत दिनानुदिन बढ्न थालेको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया