१ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यका भित्रै यातायात व्यवसायी र मजदुरको मनपरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus ktmकाठमाडौं, १७ पुस । काठमाडौं उपत्यकामा नै डेढ दर्जनभन्दा बढी अबैध माइक्रोबस सञ्चालनमा रहेको पाइएको छ ।

नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि नलिएका माइक्रोबस नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले सो क्षेत्रमा चल्ने तीनओटा र प्रहरी वृत्त सातदोबाटोले दुई ओटा अबैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकेको छ ।

त्यस्तै महानगरी प्रहरी आयुत्तःको कार्यालय रानीपोखरीले अवैध रुपमा सञ्चालित ६ ओटा माइक्रोबस नियन्त्रणमा लिइसकेको छ ।

प्रहरी परिसर ललितपुरले नक्कली कागजपत्र बनाएर सञ्चालन गरिरहेको आशंकामा पाँचओटा माइक्रोबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) पवन गिरीले उपत्यकामा अवैध रुपमा सञ्चालित सार्वजनिक सवारी साधनको खोजी भइरहेको जानकारी दिएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

नियन्त्रणमा लिएका केही सवारीमाथि कारबाही भएको र केही अनुसन्धानका क्रममा रहेको उनले बताए ।

अहिले उपत्यकामा गुड्ने सम्पूर्ण सवारी साधनको बैद्ययताका बारेमा अनुसन्धान सुरु भएको गिरीले बताए ।