१ कार्तिक २०८३, आइतबार

अंग्रेजी नयाँ वर्ष सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New-Year

काठमाडौँ, १७ पुस । क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ मनाउँदै छन् ।

प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास सो धर्मावलम्बीको रहेको छ ।

सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा इसाइ तथा गैरइसाइले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।

नेपालका विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा सो आसपास क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई आकर्षण गर्ने गर्छन् । रासस