२१ कार्तिक २०८३, शनिबार

तल्लो कर्णाली जलाधार क्षेत्रको प्रोफाइल निर्माण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : यज्ञप्रसाद सापकोटा/बर्दिया

बर्दिया, ६ जेठ । तल्लो कर्णाली जलाधार क्षेत्रको प्रोफाईल निर्माण भएको छ । जलिय प्राकृतिक सुधार कार्यक्रम (पानी) परियोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको सहकार्यमा प्रोफाइल निर्माण भएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दिया शाखाले आयोजना गरेको अर्धबार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रोफाईल निर्माण भएको जानकारी दिईएको हो । युएसआईडिको सहयोगमा निर्माण गरीएको प्रोफाईलमा कर्णाली नदी र त्यस नदीमा मिसिने खोला नालाहरुको स्वास्थ्यको बारेमा समेटिएको छ । बर्दिया, कैलाली र सुर्खेत गरी तीन ओटा जिल्लाका कर्णाली छेउछाउका नगरपालिका र गाउँपालिकालाई जालाधार क्षेत्र भित्र राखिएको छ ।

प्रोफाईल निर्माणको क्रममा देखिएका समस्या र समाधानका विषयमा कार्यक्रममा छलफल गरिएको छ । तल्लो कर्णाली जलाधार क्षेत्र खडेरी, ढुङ्गा गिट्टी बालुवा उत्खनन्, बाढी, आगलागी लगायतका कारणले समस्यामा परेको निश्कर्ष निकालिएको छ । सर्वेक्षणको क्रममा जलाधार क्षेत्रमा खानेपानीको अभाब मुख्य चुनौती रहेको पाईएको छ । ५६ प्रतिशत जनसुमदायले पानीको श्रोत सुक्दै गएको बताएका छन् भने ८३ प्रतिशत व्यक्तिले खानेपानीको श्रोतहरु सुकेकाले समस्या रहेको बताएका छन् ।

प्रोफाईल निर्माणको क्रममा ६९ जना सर्वेक्षकहरु नमुना सर्वेक्षणका लागि ८ हजार ४ सय घरधुरीमा पुगेका थिए भने सम्बन्धित विषय विज्ञ र स्थानीय समुदायबाट पनि जानकारी संकलन गरिएको थियो ।