
मोरङ, ६ जेठ । मोरङ प्रहरीले करिब पाँच सय ग्राम चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
जहदा गाँउपालिका–४ बस्ने २४ बर्षीय चन्दन शाह र कटहरी गाउँपालिका–४ बस्ने २३ बर्षीय पिन्टु साहलाई लुकाई–छिपाई ल्याएको चाँदीको औंठी २३ थान, चाँदीको पाउजु ३ जोर, चाँदीको रिङ २ वटा, चाँदीको साना टुक्रासहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१७ मटेरुवास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७८६२ नम्बरको स्कुटर चेक गर्ने क्रममा उनीहरुको साथमा उक्त सामान बरामद भएको हो ।
यसैबीच, मोरङकै पथरी शनिश्चरे नगरपालिका–१ त्रिवेणी चोकबाट चार जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका–९ सोमबारे बस्ने २० बर्षीय बिबेक खड्का, साकफारा सोमबारे बस्ने ३२ बर्षीय सुमन लिम्बु, जरायोटोल बस्ने २७ बर्षीय बिजय तामाङ र कानेपोखरी गाउँपालिका–५ जहदा बस्ने १६ बर्षीय पर्बत राईलाई लागु औषध ब्राउन सुगर १ लाल, स्पास्मोप्रोक्सिभोन १२ क्याप्सुल र जुत्ता टाँस्ने डेनड्राईट १ बट्टा सहित पक्राउ गरेको हो ।












प्रतिक्रिया